शुक्रबार, जेष्ठ ३, २०८२

पहिरोले १० घण्टादेखि थुनियो मुग्लिन-नौबिसे सडक


कान्तिपथ


घोप्टेभिरमा पहिरो खसेपछि गएरातिदेखि अवरुद्ध भएको नौबिसे–मुग्लिन सडक खण्डको पहिरो हटाउन समय लाग्ने देखिएको छ। वर्षा नरोकिएकाले सडकको पहिरो अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गएराति सबा ११ बजे घोप्टेभिरमा ठूलो पहिरो खसेपछि नौबिसे– मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्डमा गाडी चल्न सकेका छैनन्। १० घण्टादेखि दुईतर्फी सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ।

वर्षा नरोकिएकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए। पहिरोले सडक अवरुद्ध भएपछि गन्तव्ययमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन्। यो सडक खण्ड हुँदै चल्ने गाडीलाई रातिदेखि नै नाका नाकामै रोकिएको प्रहरीले जनाएको छ।

गएरातिदेखि नै काठमाडौँको कलंकी, थानकोट र नागढुंगामा सबारी साधनहरु रोकिएका छन्। त्यसैगरी मुग्लिन, नारायणगढ र तनहुँ तर्फ पनि सयौँ सवारी साधन रोकिएका प्रहरीले जनाएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पनि पहिरो खसेको छ। तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि गएराति देखि नै मुग्लिन नारायणगढ सडक पनि अबरुद्ध भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत