सोमवार, बैशाख १५, २०८२

निर्मलनिवासको हस्तक्षेप सहन सकिनँ : कमल थापा


कान्तिपथ


राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । यो व्यवस्थामा अझ बढी अधिकारसम्पन्न स्थानीय तहको संरचना निर्माण गरिनुपर्ने उनको धारणा छ । बिहीबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले राष्ट्रपति संघीय संसद्बाट निर्वाचित र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए । नेपालमा राजसंस्थाको पुनःस्थापना अब सम्भव नरहेको उनको भनाइ थियो ।

थापाले असम्भव एजेन्डा बोक्दा आफैँ असफल हुने भएकाले राजतन्त्र पुनःस्थापनालाई छोडेर पार्टीले हिन्दुराज्यको एजेन्डा बोकेको बताए । हिन्दुराज्य र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने उनले उल्लेख गरे । पूर्वराजाका सचिव तथा निर्मलनिवासले निरन्तर हस्तक्षेप गरिरहेको भन्दै उनले पार्टीमाथि हस्तक्षेप सहन नसकेर आफू अलग्गिएको बताए । आफू कुनै एक व्यक्तिको पछि सती नजाने उनले बताए ।

उनले भने, “हुँदै नहुने र असम्भव कुराको पछि हामी लाग्न सक्दैनौँ । पारसको निम्ति हामी सती जाने ?,” उनले पारस शाहबाट देश विकास हुने कुनै आशा नदेखिएको भन्दै राजसंस्थाको एजेन्डाबाट बाहिरिएको बताए । नेपालमा धर्म परिवर्तनको क्रम निकै बढेको र अरू दलले यसतर्फ ध्यान नदिएकाले राप्रपा नेपालले यो एजेन्डा बोकेको उनको भनाइ छ । राप्रपाले राजतन्त्रको एजेन्डा छोडेमा पार्टी एकता हुन सक्ने पनि बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत