मङ्लबार, बैशाख ९, २०८२

कट्टुभित्र लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ


कान्तिपथ


त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कतार एयरवेजको विमानबाट बिहीबार बिहान काठमाडौं आएका धुनषाका जितेन्द्र कुमार यादवलाई सुनसहित पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले चेकजाँच गर्ने क्रममा ती युवाले लगाइराखेको भित्री वस्त्र (कटटु) मा फल्स पकेट बनाई विष्कुट आकारको सुन ४६६.५ ग्राम र सिक्री आकारको सुन ५० ग्राम गरी कुल ५१६.५ ग्राम सुन फेला पारेको जानकारी दिए। बरामद सुनसहित युवामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत