मङ्लबार, बैशाख ९, २०८२

नेपाल आईपुगे अमेरिकी जर्नेल


कान्तिपथ


अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार मध्यान्ह नेपाल आइपुगेका छन्। नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरे।

चारदिने भारत भ्रमण सकेर फ्लिन बिहीबार नेपाल आएका हुन्। उनी अमेरिकी सेनाको बिशेष विमानबाट नेपाल उत्रिएका हुन्। नेपाली सेनाका अनुसार कमान्डिङ जनरल फ्लिन चार दिन नेपालमा रहनेछन्। सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सैन्य अधिकारी सद्भावना भ्रमणमा नेपाल आएको बताए।

उनका अनुसार फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने तय भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत