काठमाडौं महानगरपालिका र सिसडोल- बन्चरेडाँडाका प्रतिनिधिबीच उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको छ। शुक्रबार विहान १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय र प्रभावित क्षेत्रका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो। यो समूहले केही दिन अघि भएको सम्झौता अस्वीकार गरिरहेको थियो।
दुई पक्षबीच काठमाडौंको फोहर व्यवस्थापनका वियषमा १८ बुँदे सहमति भएको हो। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहित प्रभावित क्षेत्र ककनी गापा १ का अध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामाका साथ धुनिवेशी नगरपालिका १ का अध्यक्ष बहादुर तामाङ तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालबीच सहमति भएको हो।
सहमति अनुसार शुक्रबार देखिनै उपत्यकाको फोहर बिसर्जनको अवरोध हटाइ सुचारु गर्नु पर्ने जनाइएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ