बिहिबार, बैशाख ५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • आफ्नै छोरी बलात्कारको आरोपमा एमालेबाट निर्वाचित वडा सदस्य पक्राउ

आफ्नै छोरी बलात्कारको आरोपमा एमालेबाट निर्वाचित वडा सदस्य पक्राउ


कान्तिपथ


बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१७ एमालेबाट नवनिर्वाचित वडा सदस्य टल्के थिङ्गलाई प्रहरीले आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ गरेका छन।

जितपुर सिमरा-१७ जैतपुरका स्थायी वासिन्दा ४१ वर्षीय टल्के थिङ अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक(असई) हुन्। पीडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ बुधबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भइरहेको सिमरा प्रहरीले जनाएको छ ।

१४ बर्षको उमेर हुँदैबाट आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ बुधबार पक्राउ गरिएको हो । एमालेबाट निर्वाचित उनले १०४५ भोट ल्याएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत