बिहिबार, असार २६, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • नेविसंघले खाेल्याे त्रिविकाे तालाबन्दी, निष्पक्ष छानविन समिति माग

नेविसंघले खाेल्याे त्रिविकाे तालाबन्दी, निष्पक्ष छानविन समिति माग


कान्तिपथ


कांग्रेस समर्थित नेपाल विद्याथी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दीसहितको आन्दोलन कार्यकमहरु स्थगित गरेको छ । पन्ध्र दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्दै नेविसंघले तत्कालका लागि आन्दोलन कार्यकमहरु स्थगित गरेकाे हाे ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले त्रिविभित्रको भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृङ्खलाबद्ध प्रणालीगत प्रहारका बारेमा छानविन समितिको माग गर्दै तत्कालका लागि तालाबन्दीसहितको आन्दोलन स्थगित गरेको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘विद्यार्थी र प्राध्यापकका जायज मागको बेवास्ता गर्दै बन्द कोठाभित्र बसेर दैनिक प्रशासन चलाएका पदाधिकारीले जवाफ दिनु पर्ने बेला आएको छ। तालाबन्दी भएपछि कुन कुन निर्णय केको आधारमा कहाँ बसेर गरियो? अदालत र राष्ट्रिय मानव अधिकार आयोगले समेत संवाद र वार्ताबाट समस्या समाधानको बाटो रोज्न गरेको आग्रहलाई लत्याएर अमुक विद्यार्थी संगठनलाई उचाल्न खोजेको हो भने त्यो दुर्भाग्यपूर्ण छ र पदाधिकारीहरुले पदमा बसिरहने नैतिक हैसियत गुमाइसकेको देखिन्छ ।’

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा जारी रहेको प्राध्यापक तथा विद्यार्थीको आन्दोलनमा त्रिवि सुधारको माग राख्दै नेविसंघले त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत