जाजरकोटमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। जुनीचाँदे गाउँपालिका–५ गर्खाकोस्थित बेलपइना ठाउँमा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको हो।
जुनीचाँदे गाउँपालिका–५ मैपबाट लुहादह जाँदै गरेको उक्त जीप दुर्घटनामा परी जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, ३४ वर्षीय कालिका शाही र वडा नं. ५ की वर्षीया ४० वर्षीया पुतला गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा अरू ८ जना घाइते भएका छन्। जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए।
दैलेखको गुराँस गाउँपालिका–७ का जीप चालक टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का वर्षीय लालबहादुर बुढा, सरिता शाही, समीक्षा शाही, विपना शाही र लालबहादुर बुढा गम्भीर घाइते भएको उनले जानकारी दिए। उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत् कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ। गाडीको ब्रेक फेल भएर सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको डिएसपी निरौलाले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ