मङ्लबार, बैशाख ९, २०८२

हाम्रो पुस्ता विकासको गफ गर्दै समाप्त हुने अवस्था आयो : विष्ट


कान्तिपथ


नेकपा एमाले सांसद तथा पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधि सभामा ऊर्जा मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद विष्टले एक शताब्दी लामो विद्युत् उत्पादनको परिणाम हेर्दा र अहिले सरकार प्रस्तुत गरेको बजेटले त्यस्तो शंका उत्पन्न गराएको बताए ।

‘२०१९ मै चीनले २० लाख मेगावाट बिजुली उत्पादित छ । भारतमा २०२२ को तथ्याकंले करिब ४ लाख मेगावाट पुगेको देखिन्छ । बंगलादेशमा २५ हजार ५ सय मेगावाट विजुली कुल जडित क्षमता छ’ विष्टले भने, ‘चन्द्र विद्युत् गृह निर्माणपछिको १ सय १२ वर्षको अवधिमा २ हजार १ सय ७१ मेगावाट बिजुली उत्पादन गरेका छौं । जलस्रोत माध्यमबाट विकास गर्ने भनेका छौं । यो १ सय १२ वर्षको अवधिले मजाक उठाइरहेको छ, खिल्ली उडारहेको छ । हाम्रो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त होइन ?’

उनले नेपालमा उत्पादन गरेको २१ सय ७१ मेगावाट विजुली वर्षाको समयमा भएको र हिउँदमा एक तिहाइ मात्रै हुने बताए । ‘अहिलेको बजेटमा सुख्या र वर्षायाममा रहेको अन्तरलाई कम गर्न जलाशययुक्त आयोजना निर्माण गर्न विषयमा सरकारको योजना छैन,’ विष्टले भने ।

विष्टले भारततर्फ राति बिजुली निर्यात गर्न थाले पनि चालु आर्थिक वर्षमा करिब १२ अर्ब रुपैयाँको बिजुली आयात गर्ने सम्भावना देखा परेको बताए। उनले ऊर्जा मन्त्रालयमा बजेट घटाएको पनि असन्तुष्टि जनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत