शुक्रबार, बैशाख ६, २०८२

बाह्र वर्षीय आयुष्माको आम्दानी


कान्तिपथ



‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाई गर्दै आएकी छिन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्याम नजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा भुजेलले सानै उमेरदेखि राम्रो आम्दानी गर्दै आएकी हुन् । स्थानीय अकला आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत उनले बाँसबाट विभिन्न सामान बनाएर बिक्री गरी घरपरिवारको खर्चका लागि सहयोगसमेत गर्दै आएकी छिन् ।

बाँसको चोयाबाट निर्मित नाङ्गलो प्रतिगोटा रु दुई सयदेखि रु तीन सयसम्म बिक्री गर्ने गरिएको आयुष्माकी आमा सावित्रीले जानकारी दिनुभयो । छोरीले शनिबार र आइतबार बिदाका दिनमा पाँच÷छवटासम्म नाङ्गलो बुन्ने गरेकी र अन्य दिनमा पनि बिहान–बेलुका फुर्सदको समय उपयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

दिनमा पाँचवटासम्म नाङ्गलो बुन्ने र दिनमा रु एक हजारका दरले कमाई गर्दा मासिक रु तीस हजारसम्म कमाई गर्न सकिन्छ । उहाँले भन्नुभयो, “हाम्रो पुख्र्यौली पेसा भनेकै नाङ्गलो, डोका, थुन्से र डालो बनाएर बिक्री गर्ने हो र यसैबाट जीविकोपार्जन गर्न बाध्य छौँ ।” त्यस क्षेत्रका अधिकांश भुजेल समुदायले आफ्नो पुख्र्यौली पेसालाई नै अँगाल्दै आएका र केही व्यक्ति भने वैकल्पिक पेसातर्फ पनि लाग्न थालेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत