सोमवार, माघ २८, २०८१

बिरामी हुँदा ‘सालको पात टपरी… नहुने सल्लैको’ गित गाएर बसें : केपी ओली


कान्तिपथ


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रकृतिले ठगेको बताएका छन्। राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नभए आफूले पनि तहल्का मच्चाइदिने बताए।

‘प्रकतिले मलाई मजाले ठगिदिएका छन्। नत्र तपाइँहरुलाई चाहिँ गला दिने। मैमात्र किन नजान्ने?,’ उनले भने, ‘मैले गाउन जानेका भए त तहल्का मच्चाइदिन्थे।’

उनले किड्नी प्रत्यारोपणको समय सम्झिँदै त्यतिबेला गीत संगीतकै सहारा लिएको बताए। आइसीयुमा रहँदा डाक्टर, नर्सहरुलाई सधैं गीत गाउन लगाएको उनले सम्झिए।

‘म बिरामी हुँदा सबै डाक्टर र नर्सलाई गीत गाउन लगाउँथे। उपचार गर्न आउने डाक्टर, नर्सलाई पहिले गीता सुनाउनुस् अनि मात्र उपचार गर्नुस् भन्थे,’ उनले भने, ‘गीत सुन्दा आनन्द लागेर आउँथ्यो।’

त्यतिबेला एक जनाले धेरै गीत नआउने बरु एउटा गीत आउने भन्दै ‘सालको पात टपरी… नहुने सल्लैको’ गाएको उनले सम्झिए। ‘त्यो बेला २४ घन्टा आइसीयुमा बस्नुपर्थ्यो। सबै समय सुतेर बस्न नसकिने, मलाई कम निन्द लाग्ने बानी भएर। त्यही भएर पनि उनीहरुलाई गीत गाउन लगाउँथे।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत