सोमवार, बैशाख ९, २०८२

चिर्पट हानेर मामालाई ठहरै पार्ने भान्जा पक्राउ !


कान्तिपथ


सर्लाहीको लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक विकको दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रवि विक रहेका छन् ।

विकलाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका–११ हिरापुर पानी ट्याङ्कीस्थित बारीमा बाँस ओसार्ने क्रममा विवाद हुँदा रविले आफ्नै मामा अशोकलाई चिर्पट प्रहार गरेका थिए ।

प्रहारबाट गम्भीर घाइते भएको खबरपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले रविलाई पक्राउ गरेको हो । घाइते अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारको निम्ति प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत