शुक्रबार, जेष्ठ ३, २०८२

सिपाहीको रासन भत्ता झ्वाम पार्ने दोलखा डिएसपी हेडक्वार्टर तानिए !


कान्तिपथ


आर्थिक अनियमितताको आरोपमा सशस्त्र प्रहरी बल दोलखाका डीएसपी बुद्धिनारायण महर्जनलाई हल्चोक हेडक्वार्टर तानिएको छ । स्रोतका अनुसार डीएसपी बुद्धिनारायण महर्जनलाई जिल्ला प्रमुखको रुपमा रहँदा धेरै सशस्त्र प्रहरी बलका कर्मचारीलाई बिदा दिएर रासनमा अनियमितता गरेको आरोप लागेको छ ।

उनले जिल्लामा रहेका सशस्त्र प्रहरीका जनशक्तिको आधा हिस्सालाई एकैपटक बिदा दिएर रासनबाट आएको पैसा अनियमितता गरेको आरोप लागेको हो । चुनावमा सवारीसाधन भाडामा लिँदासमेत अनियमितता गरेको भन्दै उनलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा तानिएको हो ।

अहिले उनको ठाउँमा डीएसपी सुरज कार्कीलाई पठाइएको छ । अनियमितता गरेको भन्दै उनीविरुद्ध दर्जनौँ उजुरी छन् । स्थानीय स्तरमा उनलाई कांग्रेसलाई बुथ हान्न सघाएको आरोप पनि छ । उनी कमजोर कमाण्ड क्षमता भएका अधिकृतका रुपमा चिनिन्छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत