जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादीबीच गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुखमा चिना खड्का कार्की र माओवादीबाट प्रेम सागर थापा उपप्रमुखको पदमा विजयी भएका हुन् । कांग्रेसले प्रमुखसहित चार र माओवादीले उपप्रमुखसहित पाँच जना सदस्य लिएको छ । नौ सदस्य रहने जिससमा कांग्रेस–माओवादीबीच सिट बाँडफाँड भएको थियो ।
जिससको सदस्यमा कांग्रेसबाट बाबुलाल योञ्जन, अनिषा माझी र वीरबहादुर कार्की तथा माओवादीबाट हिरा कुमारी गिरी, डम्बरकुमारी रसाइली, विन्दा सार्की र विक्रम थापामगरले जिसस जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बताएको छ ।
जिल्ला समन्वयको लागि रामेछापमा नेपाली काँग्रेससँग ७ मत, नेकपा एमालेसँग ६ मत र माओवादी केन्द्रसँग ३ मत रहेको छ । जिल्ला समन्वयको प्रमुख, उपप्रमुख र सदस्य जित्नको लागि कम्तिमा ९ मत ल्याउनु पर्ने हुन्थ्यो । काँग्रेस र माओवादी मिल्दा १० मत हुन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ