मङ्लबार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • वनेम समूहले प्रदेशलाई नटेर्दा ताप्लेजुङमा माओवादीको हातबाट फुत्कियो समन्वय प्रमुख

वनेम समूहले प्रदेशलाई नटेर्दा ताप्लेजुङमा माओवादीको हातबाट फुत्कियो समन्वय प्रमुख


कान्तिपथ


नारायणकाजी श्रेष्ठ समूहले रडाको निकाल्दा जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखको उम्मेदवारीलाई लिएर नेकपा माओवादी केन्द्रमा चर्को विवाद उत्पन्न भएको छ । प्रदेश समितिको निर्णयविपरित जिल्लाका केही नेताले आफ्नै खल्तीका व्यक्तिलाई उम्मेदवार बनाएपछि रडाको मच्चिएको हो।

जेठ २५ गते बसेको माओवादी प्रदेश कार्यालय बैठकले जिसस प्रमुखमा मिङमा डण्डु शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीले जिल्ला कमिटीको सिफारिसका आधारमा शेर्पालाई टिकट दिएको जानकारी गराउँदै कार्यान्वयनका लागि परिपत्र गरेका थिए ।

तर नारायणकाजी पक्षले गङ्गा शंखरलाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रको हातमा आएको माछा फुत्किएको हो । प्रदेश सचिवालय सदस्यसमेत रहेका मौवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वानेमले आफू प्रस्तावक बसेर शंखरलाई उम्मेदवार बनाएपछि शेर्पा उम्मेदवारी दर्ता गर्नबाट पन्छिए । स्थानीय चुनावमा गठबन्धनबाट जिसस प्रमुख माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीले लिने सहमति भएको थियो । वानेम नारायणकाजी समूहका नेता मानिन्छन ।

ताप्लेजुङमा जिससको चुनाव रोचक हुने देखिएको छ । नौ स्थानीय तह रहेको जिल्लामा जिससका लागि १८ मत छ । जिसस प्रमुखमा एमालेबाट धनेन्द्र मादेन,माओवादी केन्द्रका गंगा शंकर र नेकपा एकीकृत समाजवादीबाट छिरिङ लामा निर्वाचनको मैदानमा छन् । एमालेसँग ६, काँग्रेस र माओवादीसँग समान ५ र एकीकृत समाजवादीसँग १ मत छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत