सोमवार, अशोज २८, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • आईजीपी विवादको मुद्दा का.मु. प्रधानन्यायाधिश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदै

आईजीपी विवादको मुद्दा का.मु. प्रधानन्यायाधिश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदै


कान्तिपथ


प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा सर्वोच्च अदालतमा आज सोमबार सुनुवाइ हुँदैछ। धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा अर्को पेसी आज सोमबारका लागि तोकिएको थियो।

पहिलो वरीयताका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए।

उक्त मुद्धा का.मु. प्रधानन्यायाधिश दीपककुमार कार्की र न्यायाधिश डा. कुमार चुडालको इजलासमा परेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत