मङ्लबार, असार २४, २०८२

सय विद्यार्थीलाई पोशाक प्रदान


कान्तिपथ



भोजपुरको हतुवागढी गाउँपालिका–८ का वडाध्यक्ष प्रेमबहादुर थापाले एक सय विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको छ ।

वडाध्यक्ष थापाले तीन विद्यालयका कक्षा एक देखि पाँचसम्मका एक सय विद्यार्थीलाई निःशुल्करुपमा पोशाक वितरण गर्नुभएको हो । “विद्यालयमा सबै वर्ग समुदायका विद्यार्थी पढ्न आउछन् । सबैको आर्थिक अवस्था एकै खालको हुन्न । विद्यार्थीको एकरुपताका लागि आफ्नै खर्चमा पोशाक दिएको हुँ । सबै विद्यार्थी विद्यालय पोशाकमा आउन भन्ने मेरो चाहना हो”, वडाध्यक्ष थापाले भन्नुभयो ।

शिक्षा क्षेत्रको विकासमा आफुले सकेको भूमिका खेलेर गुणस्तरमा सुधार ल्याउने लक्ष्य रहेको थापाको भनाइ छ । उहाँले ती विद्यार्थीलाई टाई र बेल्ट दिने योजनासमेत बनाउनुभएको छ ।

थापाले ८ नं वडास्थित सिंहदेवी प्राथमिक विद्यालय, शिक्षा प्रकाश प्रावि र विद्यापोखरी विद्यालयका विद्यार्थीलाई पोशाक प्रदान गर्नुभएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत