शुक्रबार, बैशाख ६, २०८२

तिलामा राडीपाखी उद्योगले किसानलाई राहत


कान्तिपथ



जुम्लाको तिला गाउँपालिका– ५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत पुगेको छ । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताउनुभयो ।

यहाँका भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका लागि उद्योग स्थापना गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “राडीपाखी उद्योगमा केही बेरोजगार युवाले रोजगारी पाउने छन् । ऊन उत्पादन जिल्लाको एक गतिलो पहिचान बन्नेछ । यसको बजारीकरणका लागि वडा सरकारले आवश्यक सहयोग पु¥याउनुपर्ने छ ।”
पछिल्लो समयमा नेपालमा भेडाको उत्पादन घट्दो क्रममा रहेका अवस्थामा जिल्लामा भेडाको उत्पादन बढ्दै गएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयको एक पालिका एक पशु सेवाअन्तर्गतको कार्यक्रम हो । नौ लाख ५० हजारमा पशु अस्पताल तथा राडीपाखी उद्योग स्थापना गरिएको पशुसेवा कार्यालयले जनाएको छ । ऊनको उत्पादनबाट राडीपाखी, सुइटर, लिउ, पाखीजस्ता सामग्रीको उत्पादन हुने गरेको वडा पालिकाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत