बैतेश्वर गाउँपालिका वडा नं ७ माझीबुस्तीकी एक बृद्धा सोमबार दिउँसो अज्ञात व्यक्तिद्वारा लुटिएकी छन् । घरमा एक्लै बसिरहनुभएकी ९५ बर्षिय असली तामाङको सुन लुटिएको वडा अध्यक्ष मिनकुमार शिवाकोटीले जानकारी दिए । सुन लुटेर भाग्दै गरेको अवस्थामा नातिनीले देखेपछि स्थानीयले लुटेराहरुको खोजी गरिरहेको र प्रहरीलाई समेत खबर गरिसकिएको वडाअध्यक्ष शिवाकोटीले बताए ।
दुईजनाको समूहमा आएका अज्ञात व्यक्तिले तामाङले कानमा लगाएको एक तोला बराबरको सुनको रिङ र गलामा लगाएको करिब एक तोलाको सुनको तिलहरी लुटेर लगेका हुन् । कानबाट लुछेर गहना निकालेपछि तामाङको कानमा चोट लागेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ