बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट नगर/गाउपालिकाका निर्वाचित प्रमुख उप-प्रमुखलाई बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको हलमा स्वागत तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा अर्थ मन्त्री शालिकराम जमकट्टेल र वन तथा वातावरण मन्त्री विशाल खड्काको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्रीद्वयले शुभकामना मन्तब्य र संक्षिप्त प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा मन्त्रीहरु कुमारी मोक्तान, रत्न ढकाल र घनश्याम दाहाल तथा प्रदेश सभा सदस्य, पुर्वमन्त्री युवराज दुलालको पनि उपस्थिती रहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ