सोमवार, बैशाख ९, २०८२

बाम गठबन्धनको बहस सतहमा : कसले कसलाई भेटे ?


कान्तिपथ


तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वाम गठबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका नेताबीच छलफल सुरु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीले राम्रो नजिता नल्याएको निष्कर्ष निकालिसकेका छन् ।

माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा पालिका बढी विजयी भए पनि लोकप्रिय मत घटेको छ । यससँगै अहिलेको गठबन्धन भत्किने र नयाँ गठबन्धन बन्‍ने विषयमा पनि बहसहरु हुन थालेका छन्।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका केही नेताहरुले वाम गठबन्धन र एकताको पक्षमा लबिङ गरिरहेका छन्।

नेकपा एमालेबाट घनश्याम भूसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन र नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल, बेदुराम भुसाललगायतका नेताहरुले वाम एकताका लागि जोडबल गरिरहेका छन्।

नेकपा एमालेबाट घनश्याम भूसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन र नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल, बेदुराम भुसाललगायतका नेताहरुले वाम एकताका लागि जोडबल गरिरहेका छन्।

यही जेठ २८ गते एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच खुमलटारमा भएको भेटको मुख्य एजेण्डा नै वाम गठबन्धन रहेको पुन निकट स्रोतलले बतायो। जेठ ५ मा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ऊर्जामन्त्री समेत रहेकी माओवादी केन्द्रकी नेता पम्फा भूसालसँग भेट गरेका थिए।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएपछि नेपाललाई भेट्न श्रेष्ठ कोटेश्वर निवास पुगेका थिए।

अमेरिकी सैन्य सम्झौता गर्ने प्रस्ताव नेपाली सेनाले अस्वीकार गरिसकेको छ। ‘अमेरिकी सेनाले राखेको सैन्य सम्झौता प्रस्ताव लगायत विषयले हाम्रो राष्ट्रियता कमजोर पार्ने प्रयास भएको छ, त्यहीबीचमा उहाँहरूबीच छलफल भएको हो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘पछिल्ला दिनका गतिविधि सार्वभौम नेपालको लागि राम्रो छैन।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत