सोमवार, बैशाख ९, २०८२

नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा


कान्तिपथ



उदयपुरको गाईघाटस्थित बरुवा नदीको पुल र कद्हामा गाईघाट सडकखण्डको गाईघाट जोड्ने त्रियुगा नदीको पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि यहाँको पुल जोखिममा परेको छ । बर्सेनि बरुवा नदी पुल आसपास क्षेत्रबाट जेठ, असार, साउन र भदौमा ट्र्याक्टर व्यवसायीले बालुवा, रोडा, ढुङ्गा पुल आसपासका क्षेत्रबाट उत्खनन गर्दा पुलको संरचना कमजोर बन्दै गएको बरुवा टोलका दुर्गा राई र शान्तिनगर टोलका कुमार रोका बताउनुहुन्छ ।

चार वर्षअघि बरुवा पुलको पूर्वपट्टिको पिलर आसपासका क्षेत्रबाट केही ट्र्याक्टर व्यवसायीले ढुङ्गा बालुवा उत्खनन गर्दा पुल छेउका पिलर भासिएको थियो । त्यसले सडकका केही भाग नै भत्किन पुगेपछि तत्काल प्रहरी प्रशासनले पुल क्षेत्रबाट गिटी बालुवा निकासी कार्य रोकेको थियो । शान्तिनगर टोलका रोका भन्नुहुन्छ, “बर्सेनि पुल आसपासका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन हुँदा पुलका जग कमजोर बन्दै गइरहेको छ । ”

नियमानुसार पुलको ५०० मिटर आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न पाइदैन । बरुवा नदी क्षेत्रमा ट्र्याक्टर प्रवेश गरेर दिन र रातमा नदीजन्य पदार्थ मनपरी उत्खनन गरेर निकासी गर्ने गरिएको छ । त्रियुगा नदीको गाईघाट कद्माहा खण्डको गाईघाट जोड्ने पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ निकासी र उत्खनन हुन थालेपछि त्रियुगा नदीको पुल पनि जोखिममा पर्न थालेको गाईघाट दुर्गा टोलका सुमन साह र भागवत ठाकुर बताउनुहुन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत