मङ्लबार, असार २४, २०८२

एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत


कान्तिपथ



एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य भूटानले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । भूटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नगवान चोदेनले ८, सोनाम चोदेनले ५ तथा पेमा सोल्डनले ४ रन जोडिन् ।

भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सङ्गीता राई एक्लैले चार विकेट लिइन् भने कविता कुवँर र सीता रानामगरले समान दुई÷दुई विकेट लिए । त्यसैगरी अस्मिना कर्मचार्य र इन्दु वर्माले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल बनाएको थियो । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान दिइन भने इन्दु बर्माले २० रन बनाइन् ।

त्यस्तै कप्तान रुविना क्षेत्रीले २१, डोली भट्टले ५, सीता रानामगरले ४ तथा ममता चौधरीले ३ रन जोडिन् ।

बलिङमा भूटानकी सोनाम चोदेन एक्लैले चार विकेट लिइन भने अञ्जु गुरुङ र तासी चेकीले एक एक विकेट लिए । समूह बी मा रहेको नेपालले भोलि कुवेतको सामना गर्नेछ । समूह बी मा नेपालसहित बहराइन, भूटान, हङकङ र कुवेत छन् ।्

त्यसैगरी समूह ए मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् भने फाइनल पुग्ने टोलीले एशिया कप खेल्न पाउनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत