शनिबार, भदौ २२, २०८१

नेतृत्व विकास सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न


कान्तिपथ


राष्ट्रिय युवा परिषद सम्बद्ध सहिद तथा बेपत्ता योद्धा सन्तति युवा संजालको आयोजनामा सहिद तथा बेपत्ता परिवारका युवा लक्षित नेतृत्व तथा क्षमता विकास सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । धुलिखेलस्थित अरनिको होटलमा हिजो सुरु भएको कार्यक्रमको आज समापन भएको हो ।

राष्ट्रिय युवा परिषदले आफ्ना विभिन्न संजाल मार्फत युवा लक्षित सिप विकास, वित्तिय साक्षरता, स्वरोजगार लगायतका कार्यक्रम संचालन गर्दै आएको छ । सहिद तथा बेपत्ता योद्धा सन्तति युवा संजालको आयोजनामा सम्पन्न सहिद तथा बेपत्ता परिवारका युवा लक्षित नेतृत्व तथा क्षमता विकास सम्बन्धि कार्यशाला गोष्ठीमा सातै प्रदेशबाट सहिद तथा बेपत्ता परिवारका २७ जनाको प्रतिनिधित्व रहेको संजालका सचिव सामना श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले गरेका थिए । अथकले संक्षिप्त शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा वक्ताको रुपमा पुर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की ‘पार्थ’, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा नेतृ मानुषी यमी भट्टराई, उप-प्राध्यापक पिताम्बर भण्डारी लगायत आमन्त्रित थिए ।

भण्डारीले द्वन्द्व व्यवस्थापन, भट्टराईले अबको राजनीतिक मुद्धा र सूचना प्रविधिको प्रयोग, बस्नेतले राष्ट्रिय युवा परिषदको समग्र नीतिगत विषय र कार्कीले संगठनको विषयमा प्रस्तुति दिएका थिए । सचिव श्रेष्ठका अनुसार कार्यक्रमका वक्तालाई मायाको चिनो र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत