बिहिबार, चैत्र ६, २०८१

एसपीपीलाई जीतहारको विषय नबनाउ: इश्वर पोखरेल


कान्तिपथ


नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई राजनीतिक शक्तिबीच जीतहारको विषय बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै उनले यस विषयलाई जीतहारको विषय बनाउनुभन्दा पनि तथ्यको खोजी गर्दै यसमा सामेल नहुने कुरा अमेरिकालाई भन्दिँदा सकिने बताए ।

‘कसैको जीतहारको विषय बनाउनु हुँदैन । हामी विगतमा कस्तो-कस्तो अवस्थाबाट गुज्रियो भन्ने विषय सम्झिए पुग्छ । कसैले कुन तारिख सम्झना गर्नुपर्ने छैन’, उनले भने, ‘मेरो भनाइ के छ भने यसमा एउटा सिलसिला छ । जंगी अड्डाले पठाएको पत्र २० दिनपछि नेपाली सेनालाई निर्देशन दिने रक्षा मन्त्रालय कसले लिड गरेको थियो भन्ने ताकीताकी भनिरहनै परेन नि ! त्यो इतिहासमा दर्ज भएको तथ्य हो ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अघिल्लो बैठककै एजेण्डाअनुसार सरकारले अब एसपीपी अगाडि नबढाउने भनेर अमेरिकालाई प्रस्ट भन्नुपर्ने उनले बताए । उनले भने, ‘अब एसपीपीमा अगाडि बढ्दैनौं भन्नुपर्छ सरकारले सिद्धियो । हाम्रो साझा बुझाइ हो ।’

यस्तै हालसम्म भएका जति पनि पत्राचार छन्, त्यसलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पठाउन दिएको निर्देशन सरकारले पालन गर्नुपर्ने उनले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत