बुधबार, असार १५, २०७९

रसिया- युक्रेन युद्ध: लिथुआनियाले रसियन रेल सेवा रोक्यो


कान्तिपथ


पूर्वी युरोपमा रहेको लिथुआनियाले रसिया र कलिनिनग्राड बीच चल्ने महत्वपुर्ण रेल सेवा अवरुद्ध गरिदिएको छ । लिथुआनियाको यस कदमले गर्दा रसियाको कलिनिनग्राडसंगको पहुच रोकिएको छ । पूर्वी युरोपमा रहेको कलिनिनग्राड रुसी मुख्य भुमि बाट करिब ५,९२७ किमी पर युरोपमा पर्दछ जुन भूराजनैतिक र सामरिक दृष्टिकोणले रसियाको निम्ति महत्वपुर्ण भूभाग हो । लिथुआनियाले आफ्नो यस कदम बारे स्पस्टिकरण दिदै भनेको छ ‘ रसियाको युक्रेन माथि गरेको आक्रमण गैरकानुनी र अन्तरास्ट्रिय मुल्य मान्यता बिपरती रहेको र यसले गर्दा लिथुआनिया सरकार यो कदम चल्न बाध्य रहेको’ जनाएको छ ।

जानकार तथा बिज्ञहरुका अनुसार लिथुआनियाको यस कदमले युरोप अझ युद्धमा धकेलिन सक्ने चेतवानी दिएको छ । २०२२ को तथ्यांक अनुसार रुसी मुख्य भुमि बाट टाढा रहेको कलिनिनग्राडमा करिब साढे ४ लाख रुसी जनसंख्याको साथै भूराजनैतिक सुरक्षाको दृष्टिकोणले महत्वपुर्ण सैनिक बेसहरु रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत