मङ्लबार, बैशाख ९, २०८२

श्रीमतीलाई करेन्ट लगाएर श्रीमान फरार


कान्तिपथ


२२ वर्षीया राधिका कार्कीका श्रीमान अरुण साह अहिले फरार भएका छन् । गत जेठ १६ गते साहले कार्कीलाई करेण्ट लगाएर हत्या गर्न खोजेका थिए तर, स्थानीयहरुले होहल्ला गरेपछि हत्या गर्न भने भ्याएनन् ।

राधिकाको दुवै हात, दुवै खुट्टा र पेटमा करेन्ट लागेको अस्पतालले जनाएको छ । कार्की करीब डेढ सातासम्म त अचेत जस्तै थिइन् । अहिले उनी सानो स्वरमा बोल्न सक्ने भएकी छिन् । कार्की अहिले प्रादेशिक अस्पताल जनकपुरको बर्न वार्डको १३५ नम्बर बेडमा उपचाररत छिन् । उनको शरीरको १० प्रतिशत अंग जलेका छन् । उनका आफन्तलाई उनी अस्पतालमा रहेको जानकारी गराएपनि कोही आएका छैनन् ।

सिन्धुलीको गोलञ्जर गाउँपालिका–२ की राधिकाले धनुषाको सखुवा महेन्द्रनगरका जनकपुर बस्दै आएका साहसँग ८ महिना अघि विवाह गरेकी थिइन् । विवाहपछि सँगै बस्दै आएका दम्पत्तिबीच घर लैजान अनुरोध गर्दा करेण्ट लगाएर हत्या गर्न खोजेको राधिकाको बताउँदै आएकी छिन् । तर, प्रहरीले भने जाहेरी नदिएको भन्दै पीडकको खोजी गरिरहेको छैन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत