सोमवार, बैशाख ९, २०८२

भोलिदेखि हेलिकप्टर तथा हवाइ कम्पनीका नियमित उडान स्थगित हुने


कान्तिपथ


वायुसेवा सञ्चालक संघ नेपालले यही असार ८ देखि हेलिकप्टर तथा हवाइ कम्पनीका नियमित उडान स्थगित गर्ने निर्णय गरेको छ। संघले सरकारसँग विभिन्न माग अघि सार्दै यस्तो निर्णय गरेको हो।

संघका अनुसार ६ बुँदे माग सम्बाेधन नभएसम्म अनिश्चितकालसम्म हवाइ उडान बन्द भएकाे हो। यद्यपि टिकट काटेकाे पैसा फिर्ता हुने संघले जनाएको छ। संघका अध्यक्ष रामेश्वर थापाले वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरु भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए।

‘२४/२५ वर्षमा धेरै कुरा सिक्दै आएका छौँ। अहिले नेपालको वायुसेवा अन्तर्राष्ट्रिय रूपमा पहिचान पाएको छ। नेपालको वायु सेवाले नाफाभन्दा सेवामा धायान दिएको छ’, अध्यक्ष थापाले भने, ‘यही वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरू भएको छ।’

नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुमाथि दमन गरेको उनको दाबी छ। प्राधिकरणको दमनले ४० अर्ब रूपैयाँ लगानी भएको वायुसेवा धराशायी हुने उनले बताए। सोही कारण असार ८ गतेबाट सबै उडान बन्द गर्ने निर्णय गर्नुपरेको उनले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत