बुधबार, माघ ३०, २०८१

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख बार्गेनिङ


कान्तिपथ


ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीका एकजना युवकले अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेको छ। सप्तरीको राजगढ गाउँपालिका ३ स्थायी घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मालाई अपहरणको नाटक गरेर परिवारसँगै फिरौती मागेपछि पक्राउ गरेको हो।

उनी गत असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका थिए। उनी त्यसपछि एक्कासी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए। उनी हराएपछि खोजी गर्दा पनि भेटिएका थिएनन्। त्यसपछि परिवारले उनको खोजीका लागि प्रहरीवृत्त सातदोबाटोमा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले खोजी थालेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत