राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै राजनीतिक यात्रामा होमिएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताएका छन् ।
आफूलाई हार्ने सुविधा नभएको बताउँदै लामिछानेले अहिले नै कुन निर्वाचन क्षेत्रबाट लड्ने तय नगरेको बताएका हुन् । मंगलबार आयोजित कार्यक्रममा लामिछानेले मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन भएको समेत बताए ।
म डराएको होइन तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा भएको उनको भनाई छ । यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए । लामिछानेले आफ्नो नयाँ पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्।
उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए। पार्टीमा को–को छन् भन्नेबारे उनले खुलाएका छैनन्। केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ। उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ