बुधबार, असार १५, २०७९

द्रौपदीलाई राष्ट्रपति बनाउने भाजपाको निर्णय


कान्तिपथ


भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बाट द्रौपदी मुर्मु भारतीय राष्ट्रपतिकी उम्मेदवार बन्ने भएकी छ ।

गठबन्धनले ओडिशाकी आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् । मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन् ।

आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ । द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन् । पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत