बुधबार, असार १५, २०७९

पंकजविक्रम नेम्वाङसहित एन्फाको नयाँ कार्यसमितिले आज सपथ खाँदै


कान्तिपथ


अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ। एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ।

सोमबार बूढानीलकण्ठस्थिक पार्क भिलेजमा भएको २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ। कार्यसमितिले पूर्णता भने पाइसकेको छैन। १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ।

एन्फाको नवनिर्वाचित कमिटी :
अध्यक्ष – पंकजविक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का
उपाध्यक्ष – दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी (कुमार)
महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा
सदस्य – मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ थापा।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत