बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • बैतेश्वरमा बेथिति: बिना दर्ता करोडौंको ढुङ्गा खानी: बस्ति जोखिममा, २१ रोपनी जग्गा पहिरो कुर्दै !

बैतेश्वरमा बेथिति: बिना दर्ता करोडौंको ढुङ्गा खानी: बस्ति जोखिममा, २१ रोपनी जग्गा पहिरो कुर्दै !


कान्तिपथ


विक्रम घिमिरे, दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा अवैध ढुंगा खानी संचालनमा रहेको पाईएको छ । बैतेश्वर गाउँपालिकाको वडा नं ३ स्थित दोभानेमा जनप्रतिनिधि कै मिलेमतोमा करोडौंको ढुंगा खानी अवैध रुपमा संचालनमा रहेको पाईएको छ । उक्त ढुंगा खानीका संचालक विष्णुबहादुर दाहाल, सोमबहादुर दाहाल, सम्बर बहादुर तामाङ्ग, विक्रम तामाङ्ग, धिरेन तामाङ्ग, किरण तामाङ्ग लगायत रहेको स्थानीयले कान्तिपथसँग बताए ।

खानीका संचालक मध्येका सुकमान तामाङ्ग भनिने सम्बर बहादुर तामाङ्ग वडा नं ३ का निर्वाचित जनप्रतिनिधिसमेत हुन् । उनि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ९२० भोट ल्याएर वडा सदस्यमा निर्वाचित भएका थिए । खानी तथा भूगर्भ विभागको अनुमति बेगर संचालन भएको उक्त ढुंगा खानीबाट करोडौंको ढुंगा किनबेच भैसकेको स्थानीयको आशंका छ ।

खानी संचालन गर्दा आफ्नो १०८१४ वर्ग मिटर अर्थात् २१.२८ रोपनी जमिनमा धाँजा फाटेको, खेतिकिसानी गर्न समस्या परेको, बस्ति नै बगाउने जोखिम रहेको भन्दै २०७८ माघ ५ गते १९ जना स्थानीय जनताले उक्त खानी बन्द गर्न भन्दै स्थानीय न्यायिक समितिमा उजुरी दिएका थिए । त्यति बेला न्यायिक समितिको प्रमुख रविचन्द्र आचार्य थिए भने गाउँपालिका अध्यक्ष अहिलेकै अध्यक्ष छवि लामा तर खानी भने अझै निर्वाध रुपमा चलिरहेको छ ।

यस सन्दर्भमा प्रतिक्रिया लिन गाउँपालिकाका सूचना अधिकारी विक्रम कार्कीलाई सम्पर्क गर्दा खानी संचालनको अनुमति खानी विभागले दिने भएको हुँदा यस सम्बन्धमा आफुलाई अरु थप केहि थाहा नभएको बताए । गाउँपालिका अध्यक्ष छवि लामाले भने आफुलाई बोल्ने फुर्सद नभएको भन्दै फोन काटे । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले भने दोलखामा भने कुनै पनि ढुंगा खानी संचालनका लागि अनुमति नदिएको र यदि कतै संचालनमा रहेको भए त्यो अवैधानिक भएको बताए । खानी संचालन गर्ने वडा सदस्यको सम्पर्क नं ९८४४४२७६५० मा भने पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

हेभी इक्युपमेन्ट प्रयोग गरी ढुंगा उत्खनन् गर्दा चराचुरूड्डीको वास स्थान नष्ट भएको छ,पानीको मुहान नै सुक्दै गएका छन् । स्थानीयले बिरोध गर्दा पनि प्रशासनले बेवास्ता गरी निर्वाधरुपमा ढुंगा उत्खनन् गरी निकासी गर्न छुट दिएको छ । वडा सदस्यले करोडौंको ढुंगा बेचेर राज्यलाई कुनै कर नतिर्दा गाउँपालिका अध्यक्ष, सिडिओ, डिएसपी सबै तैं चुप मै चुप देखिएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत