शुक्रबार, बैशाख ६, २०८२

घुसिया वकिल र न्यायाधिशलाई कारबाही गर्न नेपाल बारको माग


कान्तिपथ


नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसै संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको छ ।

संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख लक्ष्य रहेको जनाउँदै यस्ता अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्ष भएको जनाइएको छ ।

‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत