बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • न्यायमा मोलमोलाइ गर्ने घुसिया न्यायाधिशलाई ४५ दिन ब्रेक: ३ जनाको छानबिन समिति

न्यायमा मोलमोलाइ गर्ने घुसिया न्यायाधिशलाई ४५ दिन ब्रेक: ३ जनाको छानबिन समिति


कान्तिपथ


घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् । आजैका मितिदेखि उनले काम गर्न नपाउने भएका हुन् ।

बुधबार बसेको न्याय परिषद्को बैठकले तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो । बैठकबाट न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेरलबीच भएको भनिएको संवादका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

बुधबार बसेको न्याय परिषद्को बैठकबाट परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् । समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको एक सदस्यले जानकारी दिए ।

अडियो सार्वजनिकसँगै परिषद्को आकस्मिक बैठक बसेको हो । उक्त अडियोमा कोइराला र पोखेरलबीच जेलमा रहेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाइ गरिएको सुनिन्छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत