शनिबार, भदौ २२, २०८१

नगरपालिकाले सञ्चालनमा ल्यायो पशु बधशाला


कान्तिपथ



व्यास नगरपालिका–३ देउराली नगरमा पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यास नगरपालिकाले रु १३ लाखको लगानीमा बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो । व्यास नगरपालिका क्षेत्रमा व्यवस्थित बधशाला नभएका कारण जथाभावी पशुबध गरिँदा दुर्गन्ध फैलिन थालेपछि नगरपालिकाको सक्रियतामा बधशाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नवनिर्मित बधशालामा एकै पटक चार वटासम्म राँगा, भैँसी काट्न मिल्ने क्षमताको रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । पशुबध गरेपछि निस्कने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गर्ने योजना रहेको व्यास नगरपालिका कार्यालयले जनाएको छ । करिब २० घनामिटर क्षमताको बायोग्यास निर्माण गरेर बधशाला क्षेत्रमा विद्युत् प्रयोग गर्ने र बढी भएको विद्युत् स्थानीय मानिसलाई प्रदान गरिनेछ । बधशाला क्षेत्रमा मङ्गलबार मात्रै सौन्दर्यता प्रदान गर्ने किसिमका बिरुवा रोपिएको छ ।

म्याङ्गोस्ट्रिक, गोलमोल, असारे र अन्य सिजनल जातका ४२ बिरुवा रोपिएको छ । उक्त बधशालामा सरसफाइ र फूलबारी संरक्षणका लागि पुल्चोक टोल विकास संस्थाको सिफारिसमा व्यास नगरपालिकाले स्थानीय विष्णु विकलाई राखेको व्यास–३ का वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । नगरपालिकाले सधैँ हेरचाह र सरसफाइ गर्न नसक्ने भएकाले उक्त स्थलको हेरचाह र सरसफाइका लागि स्थानीय एक महिलालाई रोजगारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो ।

दमौली बजार क्षेत्रमा सङ्घमा आबद्ध भई व्यवसाय सञ्चालन गर्दै आएका १०० भन्दाबढी मासु व्यवसायी रहेको मासु व्यवसायी सङ्घ तनहुँका निवर्तमान अध्यक्ष मनबहादुर केसीले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत