सोमवार, बैशाख ९, २०८२

एसएसपी हुँदा १३ औँ नम्बरका कुँवर डिआईजीमा पहिलो


कान्तिपथ


नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । आईजीपी धिरजप्रताप सिंह र एआईजी पूजा सिंह सदस्य रहेको बढुवा समितिले भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस भएका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी । मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, वसन्तबहादुर कुँवर, अशोकसिंह, दुर्गा सिंह चन्द र किरण राणा २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

दिपक थापा, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल र सुदिप गिरी २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका हुन् । यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन्। कुँवर नेपाल प्रहरीको प्रवक्ता भैसकेका छन् ।

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ चार जना महिला डीआईजी हुने भएका छन्। सरकारले बुधबार राति १७ डीआईजी बढुवाका लागि सिफारिस गर्दा चारै जना महिला एसएसपीहरु अटाएका हुन्।

किरण बज्राचार्य छैठौं नम्बरमा सिफारिस भएकी छन्। मिरा चौधरी नवौं, १६ औं नम्बरमा दुर्गा सिंह र १७ नम्बरमा किरण राणा सिफारिस भएकी छन्। एकसाता उजुरी गर्ने समयपछि उनीहरुको बढुवा बारे निर्णय हुनेछ।

उनीहरु २०५१ सालमा एकसाथ प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। एसपीसम्म चारै जना एकसाथ बढुवा भए। तर एसएसपी हुँदा सिंह र राणा झण्डै दुई वर्ष पछि परेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत