बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • समाजवादीको बैठक जारी: बजेट अधिवेशनपछि मात्र मन्त्री फेर्ने देउवाको मुड !

समाजवादीको बैठक जारी: बजेट अधिवेशनपछि मात्र मन्त्री फेर्ने देउवाको मुड !


कान्तिपथ


नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन्।

नेकपा एसका मन्त्रीहरुले पनि मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय लिनु परेमा बजेटको जवाफ सकिएपछि मात्रै गर्नुपर्ने धारणा राख्दै आएका छन्। सो बारेमा अध्यक्ष नेपालले शुक्रवारको बैठकमा मन्त्रीहरुको प्रस्तावका बारेमा जानकारी गराउँदैछन्। ई साताअघि नेकपा एसले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चारजनाईलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत