शुक्रबार, अशोज ४, २०८१

मुख्यमन्त्री बन्न पालो कुर्दै कांग्रेस नेता इन्द्र बानियाँ


कान्तिपथ


बागमती प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा समय मुख्यमन्त्री पाउने सहमति सार्वजनिक भएको छ।

एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे सम्झौताअनुसार हट्न तयार नभएपछि कांग्रेसले उक्त सहमति पत्र सार्वजनिक गरेको हो।

२०७८ साल कात्तिक ७ गते तीन दलबीच सहमति भएको हो। सहमतिमा सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री पाण्डे, कांग्रेस बागमती अध्यक्ष इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेलको हस्ताक्षर छ।

सोही सहमतिका आधारमा २०७८ साल कात्तिक ११ गते एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए। त्यसपछिको दोस्रो आधा अवधि कांग्रेसका बानियाँ मुख्यमन्त्री हुने सहमति थियो। मंसिरमा निर्वाचनको तयारी सरकारले गरेको छ।

झन्डै ९ महिनासम्म मुख्यमन्त्री बनिसकेका पाण्डेलाई सहमति कार्यान्वयन गर्न बानियाँका तर्फबाट आन्तरिक दबाब पर्दै आएको छ। तर, सत्ता गठबन्धनका शिर्ष नेताहरुले प्रदेश नेतृत्व हेरफेरमा छलफल नै नगरेपछि उक्त् सहमति अलपत्र परेको हो।

बागमतीको मुख्यमन्त्री सहमतिअनुसार कांग्रेसले पाएमा सुदूरपश्चिम एकीकृत समाजवादीले दाबी गर्ने तयारी गरेको छ। यसले सत्ता गठबन्धनमा फाटो आउने सम्भावना भएकाले शीर्ष नेताले उक्त सहमतिमा ध्यान दिएका छैनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत