नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टीको तर्फबाट मन्त्री बनेकालाई व्यंग्य कसेका छन् । मन्त्रीबाट फिर्ता हुन नमानेका प्रेम आले र रामकुमारी झाँक्रीप्रति लक्षित गर्दै उनले लेखेका छन्, ”म नै राज्य हु’ भन्ने भनाई ईतिहासमा फ्रान्सिली राजा लुई चौधौको सुनिथ्यो तर आजभोलि ”म नै मन्त्री ,मन्त्री नै म ” भन्ने भनाई पनि सुनिन थालियो ।
फेसबुकमा उनले लेखेका छन्, ‘म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन । मेरो अन्तिम ध्येय मन्त्री नै हो । मन्त्री बने पछि /भए पछि गर्ने भनेको माफिया दलालको सेटिङ्मा काम गर्ने कमाउने बाहेक अरु नसोच्ने यस्तो उद्वेश्य केवल मेरा लागि भन्ने भावना भएकाहरुबाट क्रान्ति समाजवाद भन्ने त कल्पना मात्र हो । अनि हिजो मुखमा लगाएको टेप खोलि खोलि स्टन्ड मारि मारि गरेको भाषण त केवल ख्रोको आर्दश बाहेक के हुन सक्छ त कमरेड ।मन्त्री बाहेक पनि जिवन जगत छ भन्ने बुझ्ने हो कि ? एकथान मन्त्री त तपाईले हिजो बोकेको मुल्य मान्यता रहे बाचेमा कति हो कति ,धेरै पटक मन्त्री ,त्यो भन्दा माथी प्रधानमन्त्री बन्ने अवसर नै आउछ । तर तपाईले बोकेको मुल्य मान्यता सिद्वान्त मरेमा वा सकिएमा ईतिहासमा गोरे बहादुर खपाङि , बद्री मन्डल , टंक ढकाल पनि मन्त्री नै थिए हेक्का होला नि ?
मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर बुधबार साँझ कोटेश्वर स्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् ।
कोटेश्वर स्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् ।
उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए ।
स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गरेका थिए ।
स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । कोटेश्वरमा उपस्थित मन्त्रीहरुले विभिन्न शर्त राखेपछि अध्यक्ष नेपालले सो विषयमा बैठकमा छलफल गर्ने जनाएका छन् । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरु सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ