देशभरका स्थानीय सरकारले आज शुक्रबार बजेट ल्याउँदैछन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९/०८० को बजेट ल्याउँदैछन्।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।
सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले शुक्रबार बजेट ल्याउन लागेका हुन्। बाजुराको बूढीगंगा नागरपालिकाबाहेक सबै (७५२) स्थानीय तहले शुक्रबार बजेट ल्याउने छन्।
बाजुराको बूढीगंगामा निर्वाचन हुन बाँकी छ। ३० वैशाखमा भएको निर्वाचनमा विवाद भएपछि त्यहाँ आयोगले यही असार २३ गतेका लागि निर्वाचनको मिति तोकेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ