बुधबार, भदौ २६, २०८१

भरतपुर महानगरले ल्यायो ५ अर्ब ७४ करोडको बजेट


कान्तिपथ


भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको आएको छ। आज नगर सभामा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन्।

नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि आव २०७९/८० को कुल व्यय ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रहेको उनले जानकारी दिए। उक्त बजेटको स्रोत महानगरले आन्तरिक आय १ अर्व ५० करोड (घरजग्गा रजिष्ट्रेसन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय समेतबाट जुटाउने उल्लेख गरेको छ।

अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ५ करोड रहने प्रक्षेपण गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत