पोखरा महानगरपालिकाको बजेट भाषण अझै सुरु हुन सकेको छैन। अपरान्ह ४ बजे सुरु गर्ने तयारी गरिएपनि बजेट वक्तव्य अघि नै रातो किताब सार्वजनिक भएको भन्दै एमाले नगर सभा सदस्यले विरोध जनाए पछि बजेट भाषण सुरु हुन नसकेको हो।
उनीहरुले नारा जुलुस गर्दै विरोध जनाएपछि अझै सुरु हुन नसकेको हो। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब साढे ८ अर्बको बजेट ल्याउने ल्याउने तयारी गरेको छ।
महानगरले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउन लागेको हो। यसअघि महानगरले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो।
काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको लागि साढे ६ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो।
काठमाडौं महानगरले ल्याएको बजेट मध्ये २२ अर्ब ३६ करोड महानगरको सञ्चिति र संघिय र प्रदेश सरकारबाट हुने ३ अर्ब ५ करोड प्राप्त हुने अनुमान गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ