आइतवार, भदौ २३, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • मन्त्रीले भाडामा दिन खोजेको भृकुटीमण्डपको २५ रोपनी जग्गामा अख्तियारको चासो

मन्त्रीले भाडामा दिन खोजेको भृकुटीमण्डपको २५ रोपनी जग्गामा अख्तियारको चासो


कान्तिपथ


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी जग्गा लिज प्रकरणमा मुछिएकी छन् । उनले समाज कल्याण परिषदको नाममा रहेको भृकुटीमण्डपको करिब २५ रोपनी जग्गा कौडीको मूल्यमा लिजमा दिनका लागि टेण्डर गरी सम्झौताका लागि प्रक्रिया अगाडि बढाउन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेको छ ।

२०७५ माघ २१ मा अख्तियारले भृकुटीमण्डप स्थित फनपार्क क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको आरोपमा पूर्वमन्त्री बद्री न्यौपाने र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङबिरुद्ध मुद्दा दायर गरेको थियो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको समाजकल्याण परिषद्को स्वामित्वमा रहेको जग्गा विभागिय मन्त्री उमा रेग्मीले दिएको निर्देशन अनुसार परिषद्का पदाधिकारी र केही प्रभावशाली कर्मचारीले न्यून मूकल्याकंन गरी जग्गा भाडाका लागि टेण्डर प्रक्रिया अघि बढाएका थिए । २०७९ वैशाख ४ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार भृकुटीमण्डपस्थित सडकमा जोडिएको जग्गा खेल सञ्चालन कार्यका लागि २५ रोपनी र खसीबोका व्यापारका लागि १ रोपनी १ आना गरी २६ रोपनी १ आना जग्गा भाडामा लगाउने प्रक्रिया अघि बढाइएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत