शुक्रबार, भदौ २८, २०८१

पेट्रोलियम पदार्थको मूल्य घटाउन गठबन्धनमा सहमति


कान्तिपथ


सत्तासाझेदार दल पेट्रोलियम पदार्थको मूल्य घटाउन सहमत भएका छन् । उनीहरूबीच यो प्रस्ताव आज नै मन्त्रिपरिषद्मा लैजान सहमति पनि बनेको छ ।

सत्तासाझेदार दलबीच शनिबार बिहान भएको बैठकमा पेट्रोलियम पदार्थमाथि लाग्दै आएको कर हटाएर मूल्य तोक्ने सहमति भएको सहभागी एक नेताले बताए ।

बालुवाटारको गठबन्धन बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पेट्रोलियम पदार्थको मूल्य अकाशिँदा आमनागरिकको जीवनयापन कष्टकर बनेकाले मूल्य घटाउन प्रस्ताव गरेका थिए ।

पौडेलको प्रस्तावपछि पेट्रोलियममाथि लगाइएका विभिन्न कर कम गर्ने सहमति भएको हो । सहभागी एक नेताका अनुसार, पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयोजन निम्ति आज नै मन्त्रिपरिषद् बैठक बोलाउने सहमति पनि जुटेको छ ।

सरकारले हाल पेट्रोलियम पदार्थमा प्रतिलिटर पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ लिँदै आएको छ ।

पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएपछि राजनीतिक दल, सरोकारवाला, नागरिकले मूल्य घटाएर सरकारले राहत दिनुपर्ने मत राख्दै आइरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत