यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाउने तयारी गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले पनि गाडी भाडा घटाउने भएको हो ।
सरकारको निर्देशनमा गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य २० र डिजेल तथा मट्टितेलको मूल्य २९ रुपैयाँले घटाएको छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विभागले सार्वजनिक यातायातका साधनको भाडा बढाएको थियो। विभागले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा त्यहि अनुसार गाडी भाडा पनि समायोजन गर्दै आएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ