नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)ले २७ वटा विभाग गठन गरेको छ । यही असार ५ गते बसेको संगठनको तेस्रो बैठकले विभाग गठन गरेको हो ।
विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ । प्राय: सबै विभागका प्रमुख-उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ ।
महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दिपेश पुनलाई दिइएको छ । उपप्रमुखमा मदन लिम्बु र माधव थपलिया रहेका छन् भने सचिवमा रोशन थापा मगर रहेका छन् । थापा पुल्चोकका स्ववियू सभापति हुन् ।
आर्थिक विभागको जिम्मा भने केन्द्रीय कार्यालयलाई नै दिइएको छ । उपाध्यक्ष जीपी मैनालीलाई विदेश विभागको जिम्मा दिईएको छ भने प्रकाशन तथा प्रसार बिभागको प्रमुखमा नारायण खनाल रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ