शनिबार, भदौ २२, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह

जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह


कान्तिपथ



सहरी विकासमन्त्री रामकुमारी झाँकीले भूकम्पबाट प्रभावित र निर्माण हुन बाँकी निजी आवास निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालित जनता आवास कार्यक्रम र स्थानीय तहको सुरक्षित आवासको कार्यक्रम समावेश हुन सकिने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै उहाँले राष्ट्रिय पुनः निर्माण प्राधिरकणको कार्यकाल सकिएको र निर्माण हुन बाँकी अस्पताल, विद्यालय, सम्पदाजस्ता भवनको बाँकी निर्माण कार्य सम्बन्धित मन्त्रालयले लिएको र निजी आवासको माग गर्नेका लागि सरकारका अन्य कार्यक्रमबाट सहयोग लिन सकिने बताउनुएको हो ।

संविधानको मौलिक हककारुपमा रहेको आवासको सुविधा र सहरका लागि बस्नलायक सौन्दर्यीकरण गर्नुपर्ने दायित्व सरकारको भएकाले यसका लागि लगानी र निरन्तर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले सोका लागि स्थानीय तहले ढल, फोहरमैला र सांस्कतिक संरक्षणका लागि काम गर्ने गरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत