सोमवार, अशोज २८, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • बैतेश्वरमा जनप्रतिनिधिले चलाएको अवैध ढुङ्गा खानी बन्द गर्न खानी विभागमा उजुरी !

बैतेश्वरमा जनप्रतिनिधिले चलाएको अवैध ढुङ्गा खानी बन्द गर्न खानी विभागमा उजुरी !


कान्तिपथ


दोलखाको बैतेश्वर गाउँपालिकामा अवैध ढुंगा खानी संचालनमा रहेको भन्दै खानी तथा भुगर्भ विभागमा उजुरी परेको छ । सम्पूर्ण सरोकारवालाको तर्फबाट भन्दै एक स्थानीयले विभागमा उजुरी गरेका हुन् ।

बैतेश्वर गाउँपालिकाको वडा नं ३ स्थित दोभानेमा जनप्रतिनिधि कै मिलेमतोमा करोडौंको ढुंगा खानी अवैध रुपमा संचालनमा रहेको भन्दै कान्तिपथले समाचार प्रकाशित गरेको थियो । उक्त ढुंगा खानीका संचालक विष्णुबहादुर दाहाल, सोमबहादुर दाहाल, सम्बर बहादुर तामाङ्ग, विक्रम तामाङ्ग, धिरेन तामाङ्ग, किरण तामाङ्ग लगायत रहेको स्थानीयले दिएको उजुरीमा भनिएको छ । कान्तिपथलाई प्राप्त उजुरी निवेदन अनुसार दर्ता नं ५७५८ रहेको छ । खानी बिभागले कुनै प्रक्रिया नबढाए अख्तियारमा समेत उजुरी दिने स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार: बैतेश्वरमा बेथिति: बिना दर्ता करोडौंको ढुङ्गा खानी: बस्ति जोखिममा, २१ रोपनी जग्गा पहिरो कुर्दै !

खानीका संचालक मध्येका सुकमान तामाङ्ग भनिने सम्बर बहादुर तामाङ्ग वडा नं ३ का निर्वाचित जनप्रतिनिधिसमेत हुन् । उनि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ९२० भोट ल्याएर वडा सदस्यमा निर्वाचित भएका थिए ।

खानी संचालन गर्दा आफ्नो १०८१४ वर्ग मिटर अर्थात् २१.२८ रोपनी जमिनमा धाँजा फाटेको, खेतिकिसानी गर्न समस्या परेको, बस्ति नै बगाउने जोखिम रहेको भन्दै २०७८ माघ ५ गते १९ जना स्थानीय जनताले उक्त खानी बन्द गर्न भन्दै स्थानीय न्यायिक समितिमा उजुरी दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत