शनिबार, बैशाख १३, २०८२

धनगढीमा युवा महोत्सव सुरु


कान्तिपथ



कैलालीको धनगढीमा आजदेखि युवा महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।

सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कँुवरका अनुसार सुदूरपश्चिम प्रदेशका युवाको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकार समेत उपस्थित रहेका छन् । यस महोत्सवमा युवाहरुका आ–आफना क्षेत्र र विषयका सिकाइ र क्षमता अभिबृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको कुँवरको भनाइ छ ।

महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिकालगायतका विषयमा जानकारहरुबाट प्रस्तुति एवं प्रशिक्षण दिइने बताइएको छ । यस महोत्सवमा विभिन्न क्षेत्र र विषयका गरी करिब ३०० जना युवाको सहभागिता रहेको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत